
भैरहवा,१२ माघ। आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही जिल्लाबाट ६ जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा उत्रिएका छन् ।
जिल्लामा ५ वटा निर्वाचन क्षेत्र मध्ये ४ वटा निर्वाचन क्षेत्र १, २, ४ र ५ बाट ६ जना पूर्वमन्त्रीहरु चुनावी मैदानमा उत्रिएका हुन् ।
Advertisement

Advertisement
Advertisement

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट पूर्वस्थानीय विकास राज्यमन्त्री घनश्याम यादव अहिर, २ मा नेकपा एमालेबाट पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल, ४ मा जसपा नेपालबाट पूर्वशिक्षा मन्त्री सर्वेन्द्रनाथ शुक्ला उम्मेदवार बनेका छन् ।
त्यस्तै क्षेत्र नम्बर ५ बाट मात्रै तीन जना पूर्वमन्त्रीहरु प्रतिस्पर्धामा छन्। त्यहाँ नेपाली कम्युनिष्ट पार्टीबाट पूर्ववनमन्त्री मुहम्मद वकील मुसलमान, नेपाली कांग्रेसबाट पूर्वअर्थराज्य मन्त्री भरतकुमार शाह र जनमत पार्टीबाट पूर्वकृषिराज्य मन्त्री ओम प्रकाश यादव (गुल्जारी) उम्मेदवार बनेका छन् ।
०७९ को सालको प्रतिनिधिसभा निर्वाचमा क्षेत्र नम्बर १ बाट एमालेका छविलाल विश्वकर्मा, २ बाट एमालेका विष्णुप्रसाद पौडेल, ३ बाट राप्रपाका (स्व.) दीपक बोहरा, ४ बाट तत्कालिन लोसपा (हाल जसपा नेपाल) का सर्वेन्द्रनाथ शुक्ला र ५ बाट नेकपा एमालेका वासुदेव घिमिरे निर्वाचित भएका थिए ।

