


काठमाडौं,१३ माघ । संसद पुन:स्थापनाको माग गर्दै काठमाडौंमा युवाहरुले प्रदर्शन गरेको छन्। असंवैधानिक रुपमा विघटन गरेको संसद वैधानिक तवरबाट पुनःस्थापना हुनुपर्ने भन्दै नागरिक युवा समाज नामक संस्थामा आवद्ध युवाहरुले मंगलबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् ।
सर्वोच्च अदालतमा प्रतिनिधिसभा पुनस्र्थापनाको मुद्दा विचाराधीन रहेको अवस्थामा संविधानको रक्षा गर्ने गरि आदेश आउने उनीहरुको विश्वास छ । उनीहरुले अदालतमा रहेका मुद्दाको छिटो फैसला हुनुपर्ने र वैधानिक तवरबाट संसद पुन:स्थापना होस् भन्ने आफूहरुको मुख्य माग रहेको जनाएका छन्। देशलाई विधिमा सञ्चालन गर्न पनि संसद पुन:स्थापना हुनुपर्ने उनीहरुको भनाइ छ।

प्रदर्शनमा सहभागी युवाहरुले संविधान बचाउ, संसद फर्काउ, लुटिएको संसद फिर्ता गर, विघठित संसद पुर्नस्थापना गरलगायतका प्लेकार्डसहित नाराबाजी गरेका छन्।

