
काठमाडौं,१३ माघ। निर्वाचन आयोगले झापाको निर्वाचन क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बालेन शाहसँग स्पष्टीकरण माग गरेको छ।
बालेनले सोही क्षेत्रमा उम्मेदवार रहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि आयोगले बालेनसँग स्पष्टीकरण माग गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

ओलीले पब्लिक डिबेटका लागि आफु तयार रहेको विषयमा फेसबुक स्ट्याटसमा बालेनले भदौ २३ गतेको घटनालाई लिएर कमेन्ट गरेका थिए। सोही कमेन्टका आधारमा आयोगले त्यसबाट निर्वाचन आचारसंहिता २०८२ को दफा ४ को खण्ड (ठ)को प्रतिकूल हुन्छ कि हुँदैन भनेर स्पष्टीकरण पेश गर्न आयोगले भनेको छ।
त्यस्तै आयोगले भक्तपुर-२ का उम्मेदवार एमालेका सचिव महेश बस्नेत, सुनसरी-१ का उम्मेदवार श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र रुपन्देही-२ का स्वतन्त्र उम्मेदवार निकोलस भुसालसँग पनि विभिन्न विषयमा स्पष्टीकरण माग गरेको छ ।

