

म्याग्दी, १६ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवार महावीर पुनले मतदाता पैसाको प्रलोभनमा नपर्न आग्रह गरेका छन्। म्यादी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका उनले मत माग्ने क्रममा पैसामा मत बेच्नु भविष्यका पुस्ताप्रति धोका हुने बताए।
मन्त्री पदबाट राजीनामा दिएर चुनावमा होमिएका उनले भने, ‘दुईचार हजार, पाँचसात हजार वा आठदश हजारमा बिक्यो भने त्यो व्यक्ति सिधा नर्कमा जान्छ। किनभने उसले भविष्यको हाम्रो छोरानातिलाई सिधा धोका दिएको हुन्छ। अहिले पैसामा बिक्नु भनेको छोरा(नातिले दुःख पाउनु हो।’
Advertisement

Advertisement
Advertisement
पैसामा मत बेच्दा आगामी पुस्ताको भविष्यमा असर पार्ने भन्दै पाप लाग्ने बताए। ‘छोरा(नातिको श्राप लाग्छ। पैसामा बिक्ने मान्छे श्राप लागेर सिधा नर्कमा जान्छ र केके गरेर कुटाइ खान्छ’, उनले भने।





