
काठमाडौं,१६ माघ । नेपालको स्थानीय बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । बिहीवार प्रतितोला सुनको मूल्य २० हजार ५०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम भएको थियो भने शुक्रवार सोही मूल्य बराबरको भाउ घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार २० हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य ३ लाख १८ हजार ८०० मा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला सुन ३ लाख ३९ हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।
Advertisement

Advertisement
Advertisement

सुनको मूल्यसँगै चाँदीमा पनि गिरावट आएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला चाँदी ७ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदी ७ हजार ५०५ रुपैयाँमा किनबेच भएको थियो ।

