
गुल्मी,१६ माघ । तीन महिनाको छोराको हत्याको आरोपमा प्रहरीले बुवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको इश्मा गाउँपालिका–२ छल्दीटारका ४६ वर्षीय सन्तबहादुर कुमाल रहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरी केन्द्रीय समाचार कक्ष अनुसार, पक्राउ परेका बुवा सन्तबहादुरले रातीको समयमा मादकपदार्थ सेवन गरेर ३ महिनाको छोरा सुवास कुमालको हत्या गरेको आरोप छ ।
Advertisement

Advertisement
Advertisement

घटनाको सूचना प्राप्तपश्चात प्रहरी चौकी हस्तिचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ । पक्राउ परेका वुवामाथि कर्तव्य ज्यानको कसुरमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

