
भैरहवा, १८ माघ । भैरहवा क्षेत्रमा लामो समय देखि पत्रकारितामार्फत समाजमा योगदान गर्दै आएका डम्वरराज (शम्भु) पन्त पनि चुनावी मैदानमा उत्रिएका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बाट सिद्धार्थनगर नगरपालिका-६ निवासी पन्त समानुपातिकतर्फको उम्मेदवार बनेका हुन् । समानुपातिकतर्फ खसआर्य समूहमा रुपन्देहीबाट उनको एकल नाम छ ।
Advertisement

Advertisement
Advertisement

चुनाव चिन्ह मोबाइल रहेको उक्त पार्टीबाट अर्का पत्रकार ऋषि धमला पनि रौतहट–४ मा प्रत्यक्षतर्फ उम्मेदवारी दिएर चुनावमा होमिएका छन् ।

