
पाल्पा, १८ माघ। पाल्पा जिल्लामा २९ वटा मतदानस्थल अतिसंवेदनशीलमा वर्गिकरण गरिएको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा कुल ११८ वटा मतदानस्थल छन् ।
निर्वाचन क्षेत्र नम्बर १ मा ५२ र २ मा ६६ वटा मतदानस्थल छन् । पाल्पाका प्रमुख जिल्ला अधिकारी विनु बज्राचार्यका अनुसार क्षेत्र नम्बर १ मा रहेको मतदानस्थलमध्ये २० वटा रहेका र २ मा रहेको मतदानस्थलमध्ये ९ वटा अतिसंवेदनशील सूचीमा राखिएको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै क्षेत्र नं १ मा २४ वटा संवेदनशील र ८ वटा सामान्यको सूचीमा छन् । क्षेत्र नं २ मा २६ वटा संवेदनशील र ३१ वटालाई सामान्यमा राखिएको छ । पाल्पामा दुई लाख सात हजार ४३६ जना मतदाता छन्।

