
काठमाडौं,१८ माघ। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सकिएको छ। ७७ जिल्लामध्ये १५ जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सकिएको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार कालिकोट, सल्यान, मुगु, जुम्ला, डोल्पा, हुम्ला, जाजरकोटको प्रत्यक्षतर्फको मतपत्र छपाइ भइसकेको छ। त्यस्तै झापा क्षेत्र नं ५, सुर्खेतको १ र २, बाजुरा र अछामको क्षेत्र नं १ र २, रुकुमपश्चिम, कैलाली क्षेत्र नं १, सुनसरीको क्षेत्र नं १, दैलेख निर्वाचन क्षेत्र नं १ र २ को प्रत्यक्षतर्फको मतपत्र छपाइ भएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

१० लाख ९८ हजार २०० नमूना मतपत्र छपाइ सम्पन्न भएर निर्वाचन क्षेत्रमा पुगिसकेको र समानुपातिकतर्फको दुई करोड आठ लाख ३० मतपत्र छपाइको कार्य सकिएको आयोगले जनाएको छ ।

