
काठमाडौं, २० माघ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि योग्य मतदाताको संख्या १ करोड ८९ लाख ३ हजार ६८९ कायम भएको छ।
निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार निर्वाचनका लागि देशभर कुल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता दर्ता भएका छन्।
Advertisement

Advertisement
Advertisement

आयोगका अनुसार कुल मतदातामध्ये पुरुष ९६ लाख ६३ हजार ३५८, महिला ९२ लाख ४० हजार १३१ र अन्य २ सय जना रहेका छन्।
देशभर निर्वाचन प्रयोजनका लागि तोकिएको १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ।
कमेन्ट गर्नुस्

