Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पीएम कप प्रदेशस्तरीय छनोट प्रतियोगिता : बाँके र दाङ विजयी
    खेलकुद

    पीएम कप प्रदेशस्तरीय छनोट प्रतियोगिता : बाँके र दाङ विजयी

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ २०, मंगलवार २२:५६ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २० माघ । रुपन्देहीको भैरहवामा जारी प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता बाँके र दाङ विजयी भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बाँकेले पाल्पालाई ५ विकेट र दाङले कपिलवस्तुलाई २ विकेटले पराजित गर्दै विजयी भएको हो।

    मंगलबारको खेलमा टस जितेर ब्याटिङमा रोजेको पाल्पाले निर्धारित ४३ ओभरमा ३४ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १६ रन बनायो । उसका लागि रुपेश बस्यालले ३०, रोशन घिमिरले २१, नरबहादुर सार्कीले १४ र नविन भण्डारीले ११ रन बनाए । बलिङमा बाँकेका लभकुश यादवले ४, सलाउद्दिन खान र निश्चल आचार्यले २–२ तथा सिद्धान्तराज शाहीले १ विकेट हात पारे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जवाफी ब्याटिङ गरेको बाँकेले २२ ओभर ३ बलमा ५ विकेट गुमाएर १ सय १९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुनिल भण्डारीले अविजित २४, मोहम्मद सहदाब अन्सारीले २३, रोशन केसीले २०, सलाउद्दिन खानले नटआउट १६ र सिद्धान्तराज शाहीले १४ रनको योगदान गरे । बलिङमा पाल्पाका रुपेश बस्यालले २ तथा केशव परई, नरबहादुर सार्की र मनिष न्यौपानेले समान १–१ विकेट लिए । खेलमा लभकुश यादव प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत भए ।

    यस्तै, तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको कपिलवस्तुले ४८ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि रौनक श्रीवास्तवले ६१ रनको अर्धशतकीय पारी खेल्दा मोहम्मद हुसेन गद्दीले ४२, मोहम्मद सबोज मुसलमानले २६ र शिव कुँवरले १८ रन जोडे । बलिङमा दाङका वीरबहादुर घर्तीले ४, राजकुमार कुमालले २ तथा शुभम खनाल, दिनेश बोहरा र मोहन खत्रीले समान १–१ विकेट लिए ।

    प्रतिउत्तरमा दाङले ४३ ओभर ४ बलमा ८ विकेट गुमाएर २ सय ४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा हेमराज सापकोटाले ६७, शिशिर डीसीले ३० र शुभम खनालले १४ रनको योगदान गरे । बलिङमा कपिलवस्तुका शिव कुँवरले ३, मोहम्मद हुसेन गद्दी र रौनक श्रीवास्तवले २–२ तथा महेश भरले १ विकेट लिए । खेलमा वीरबहादुर घर्ती प्लेयर अफ द म्याच घोषित भई पुरस्कृत भए ।

    माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टीम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला क्रिकेट पीएम कप छनोट सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    २०८३ कार्तिक ११, मंगलवार १७:०२ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.