Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पीएम कप छनोट प्रतियोगिता : बर्दिया र बाँकेको जित
    खेलकुद

    पीएम कप छनोट प्रतियोगिता : बर्दिया र बाँकेको जित

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ २१, बुधबार २२:४३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२१ माघ । प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा बर्दिया र बाँके विजयी भएका छन् । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा बर्दियाले पाल्पालाई १ सय ७ रनले र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको अर्को खेलमा बाँकेले पश्चिम नवलपरासीलाई ६ विकेटले पराजित गरेका हुन् ।

    बुधबार सिद्धार्थ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको बर्दियाले ३९ ओभरमा ५ विकेट गुमाएर २ सय ४७ रन बनायो । उसका लागि केशव विष्ट र सुमित श्रेष्ठले अर्धशतकीय पारी खेले । केशवले अविजित ९४ र सुमितले ६६ रन जोडे । यस्तै, हर्षल भण्डारीले ३० तथा नितेश न्यौपानेले १४ रन बनाए । बलिङमा पाल्पाका केशव परई, नरबहादुर सार्की, रुपेश बस्याल र थानेश्वर भट्टराईले समान १–१ विकेट लिए ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    जवाफी ब्याटिङ गरेको पाल्पा ३५ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय ४० रनमा समेटियो । उसका लागि नरबहादुर सार्कीले ४४, रुपेश बस्यालले १५ र कुशल ढकालले १४ रन बनाए । बलिङमा बर्दियाका निर्मल गुरुङले ३ तथा निखिल खत्रीले २ विकेट लिए । खेलमा केशव विष्ट प्लेयर अफ द म्याच भई पुरस्कृत भए ।

    यस्तै, अर्को खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नवलपरासीले २९ ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । जसमा रन्जितकुमार खत्रीले ५४, सम्राट भुसालले ३९, ड्रस सुनारले अविजित ३६ र जितेन्द्र केवटले १४ रन बनाए । बलिङमा बाँकेका सलाउद्दिन खानले ३, लभकुश यादवले २ तथा सिद्धान्तराज शाहीले १ विकेट लिए ।

    जवाफी ब्याटिङ गरेको बाँकेले २५ ओभर १ बल खेल्दै ४ विकेट गुमाएर १ सय ६८ रन बनाउँदै जित निकाल्यो । उसको जितमा मोहम्मद सदाब अन्सारीले अविजित ७४ रन जोड्दा सलाउद्दिन खानले अविजित ६३ रनको योगदान गरे । बलिङमा नवलपरासीका राजेन्द्रकुमार बम र जितेन्द्र केवटले समान २–२ विकेट हात पारे । खेलमा सलाउद्दिन खान प्लेयर अफ द म्याच भई पुरस्कृत भए ।

    माघ २४ गतेसम्म चल्ने प्रतियोगितामा लुम्बिनी प्रदेशका सात जिल्लाका टीम सहभागी छन् । छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

    यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला क्रिकेट पीएम कप पीएम कप छनोट प्रतियोगिता सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.