
काठमाडौं,२२ माघ। चोरीको आरोपीलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । नागार्जुन नगरपालिकाबाट एक करोड बराबरको सुनचाँदी चोरी भएको थियो । जसअनुसार प्रहरीले बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार गए राति नागार्जुन नगरपालिकास्थित महांकालबाट चोरीमा संलग्न चौधरीलाई पक्राउ गर्न खोज्दा भाग्न खोजेपछि उनलाई गोली प्रहार गरेर नियन्त्रणमा लिइउको हो ।
Advertisement

Advertisement
Advertisement

चौधरीको खुट्टामा गोली लागेको छ। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मंगलबार मध्यान्ह रिन्जी लामाको घरबाट थारुले ३० तोला सुन, चाँदीका गहनासहित एक करोड ४ लाख ५३ हजार बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ ।

