


काठमाडौं,२३ माघ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरी पक्राउ गरेको छ । पक्राउ पर्दै र रिहा हुँदै आएका प्रसाईँलाई शुक्रबार प्हरीले काठमाडौंको दक्षिणकाली क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपाल’का संयोजक समेत रहेका प्रसाईँलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ।

प्रसाईंविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा निर्वाचन आयोगले नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेपछि अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो।
यसअघि पनि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ दिएको भन्ने विवादित अभिव्यक्ति पश्चात पोखराबाट पक्राउ परेका प्रसाईँ धरौटी बुझाएर रिहा भएका थिए।

