


काठमाडौं,२३ माघ। प्रहरीले राजनीतिक दलका उम्मेदवारका लागि सामाजिक संजालमा मत मागेपछि उक्त प्रहरीमाथी कारवाहीको डण्डा चलाइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्सा मातहतको युनिटमा कार्यरत प्रहरी हवल्दार श्यामनारायण पटेल सामााजिक सञ्जाल फेसबुकमार्फत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मत मागेपछि प्रहरी आचरण विपरीतको कार्य अन्र्तगत उनी माथी कारबाही प्रक्रियाअघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

उनका अनुसार पटेलले फेसबुक मार्फत मत मागेको पाइएपछि विभागीय कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा तानिएको छ ।

