Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » पीएम कप छनोट : रुपन्देही बन्यो च्याम्पियन
    खेलकुद

    पीएम कप छनोट : रुपन्देही बन्यो च्याम्पियन

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ माघ २५, आईतवार १४:४८ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा, २५ माघ । प्रधानमन्त्री कपका लागि रुपन्देहीमा भएको लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा रुपन्देही च्याम्पियन बनेको छ ।

    फाइनल खेलमा बाँके जिल्ला क्रिकेट टीमलाई १ सय ९९ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही छनोट प्रतियोगिताको च्याम्पियन बनेको हो । विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले निर्धारित ३० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६३ रनको बलियो योगफल बनायो। उसका लागि देब खनालले १ सय ३७ रनको शतकीय पारी खेले। यस्तै, प्रज्जवल थापाले ७४ रन जोड्दा अकाश त्रिपाठीले १४ र सन्दीप राजलीले १० रन बनाए। बलिङमा बाँकेका लभकुश यादव, अजय शाहनी र गौतम कनौजियाले समान १–१ विकेट लिए।

    जवाफी ब्याटिङमा आएको बाँके १६ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमै समेटिन पुग्यो । उसलाई सस्तैमा रोक्न बलिङमा रुपन्देहीका सन्देश थापाले ४, अजयकुमार चौहानले ३, रमेश कुर्मीले २ तथा कृष्ण कार्कीले १ विकेट हात पारे। बाँकेका रोहन केसीले १२ र युवराज शर्माले ११ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

    फाइनल खेलमा रुपन्देहीका देव खनाल प्लेयर अफ द म्याच भए। उत्कृष्ट प्रदर्शन गरेका देव म्यान अफ द सिरिज समेत भई ११ हजार १ सय ११ र रुपैयाँ प्राप्त गरे ।

    लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा सम्पन्न छनोट खेलमा सात जिल्लाका टीम सहभागी थिए् । प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स थियो भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौं रहेको खेल संयोजक प्रथम पराजुलीले बताए । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।

    विजेता र उपविजेता खेलाडीहरुलाई लुम्बिनी प्रदेशका खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेश क्रिकेट संघका कार्यबाहक अध्यक्ष विनय राजभण्डारी, क्यानका पूर्व कार्यबाहक सचिव प्रशान्त विक्रम मल्ल, खेल संयोजक प्रथम पराजुली लगायतले पुरस्कार वितरण गरेका थिए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    क्रिकेट पीएम कप पीएम कप छनोट सिद्धार्थ क्रिकेट रंगशाला
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.