
परासी,२५ माघ। जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले अगामी निर्वाचनलाई लक्षित गर्दै इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेपनि अधिकांशले हातहतियार नबुझाएको पाइएको छ ।
स्थानीय प्रशासनका अनुसार, जिल्लामा चार सय आठ जनाले इजाजत लिएर हातहतियार राखेका छन् । तर, हालसम्म १८ थान मात्र हातहतियार सर्वसाधरणले बुझाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी बीरदत्त पन्तले जानकारी दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले हातहतियार बुझाउनका लागि सूचना जारी भएको अवस्थामा समेत समयसीमा भित्र हतियार नबुझाए कारवाही हुने बताए ।
कमेन्ट गर्नुस्

