
काठमाडौं,२५ माघ । के तपाईँले सोचबिचार नै नगरी सामाजिक संजालमा कसैलाई गालीगलौच, गलत सूचना, व्यक्तिगत चरित्रहत्या हुने गरी जानी वा नजानी पोष्ट्, कमेन्ट, सेयर त गरिरहनु भएको छैन ? यदि गरिरहनु भएको छ भने कारवाहीमा पर्न सक्नुहुनेछ । किनभने नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक संजालको निगरानी गरिरहेको छ ।
नेपाल प्रहरीका प्रवक्ता एवं डीआइजी अबि नारायण काफ्लेका अनुसार टोली नै बनाएर सामाजिक संजालको अनुगमन भइरहेको र गलत सूचना प्रवाह गर्ने, गालीगलौच गरी अन्यको चरित्रहत्या गर्नेहरुलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको छ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले सामाजिक सञ्जाल र विभिन्न अनलाइन माध्यमहरुको प्रयोगद्वारा गलत सूचना र भ्रम फैलाउने, जातीय, धार्मिक, सामाजिक र साम्प्रदायिक सदभाव बिगार्ने, अरुको चरित्रहत्या गर्ने तथा शान्ति सुरक्षामा असर पार्ने सामग्री बनाउने र सेयर गर्नु अपराध भएको बताए ।
प्रहरीले कुनै पनि घटना, कसैको अभिव्यक्ति, तस्बिर वा भिडियोलाई झुट्टो, गलत वा भ्रमपूर्ण रुपमा काँटछाँट गरेर अफवाह फैलाउने उद्देश्यका साथ प्रयोग नगर्न र त्यस्ता सामग्रीलाई प्रोत्साहन गर्न लाइक, सेयर वा कमेन्ट नगर्न पनि सबैलाई अनुरोध गरेको छ ।
कानुनविपरीतका सामग्री उत्पादन, प्रचार वा समर्थन गर्नु पनि अपराध भएको जानकारी गराउँदै उनले अनलाइनमा देखिएका कुनै पनि पोस्टहरु सेयर गर्नुअघि त्यो सही र सत्य भए नभएको बुझ्ने प्रयास गर्न सबैमा अनुरोध गरेका छन् ।
प्रहरीले सार्वजनिक आह्वान गर्दै भनेको छ, ‘सुरक्षित, सभ्य र सकारात्मक डिजिटल वातावरण निर्माण गर्न हामी सबैको भूमिका महत्त्वपूर्ण छ । जिम्मेवार नागरिक बनौँ, समाजमा शान्ति तथा सदभाव कायम राख्न सबैले सहयोग गरौँ ।’

