
सुर्खेत,२५ माघ। प्रहरीले ‘खतरनाक खोपडी’ समूहका २५ जनालाई पक्राउ गरेको छ।
स्थानीय प्रशासनको अनुमतिबिना मोटरसाइकल र्याली निकालेर सार्वजनिक शान्ति तथा निर्वाचन सुरक्षामा खलल पुर्याएको आरोपमा ‘खतरनाक खोपडी’ (ड्यान्जर स्कुल) नामक युवा समूहका २५ जनालाई पक्राउ गरिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डीएसपी मोहनजंग बुढ्थापाका अनुसार, वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत तिनकुने चोक हुँदै धुलियाबिटतर्फ जाँदै गरेको अवस्थामा उक्त समूहमा रहेका युवाले कालो र सेतो झण्डा बोकी मोटरसाइकलमा र्याली निकाल्दै होहल्ला गरेको आरोपमा वीरेन्द्रनगर–३ तातापानीबाट पक्राउ गरिएको हो।
साथै, आठ वटा मोटरसाइकल र ४ वटा स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुले सार्वजनिक शान्ति खलल पुर्याउने गतिविधि गर्नुका साथै आसन्न प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता तथा निर्वाचन कानुनले निषेध गरेको कार्य गरेको पाइएको प्रहरीको दाबी छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

