
काठमाडौं,२६ माघ। निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो एआईको दुरुपयोग नियन्त्रणका लागि नेपाल प्रहरीले छुट्टै सेल गठन गर्ने तयारी गरेको छ ।
सोमवार काठमाडौंमा अपराध अनुसन्धान र शान्ति सुरक्षामा सञ्चार माध्यमको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सूचना प्रविधिको दुरुपयोग गरेर झुटा सामग्रीहरू प्रसारण गर्ने कामले बढवा पाएकाले त्यस्ता गतिविधिलाई निगरानी गर्न र कानुनी उपचारका लागि एआई तथा एड्भान्स एनालेटिक सेल गठन गर्न लागेको बताए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मुलुकमा झुटा र गलत समाचारले बढवा पाइरहनु चिन्ताको विषय भएको बताए ।
‘आजको डिजिटल युगमा सबभन्दा छिटो सूचना दिने प्रतिस्पर्धा र होडबाजीका कारण मिस इन्फरमेशन हुने, इरादा फरक भएर डिसइन्फरमेशन हुने, हेट स्पिज एआईको दुरुपयोग तथा डिजिटल म्यानुपलेशनबाट सिर्जित झुटा सामग्रीले बढवा पाइरहनु हामी सबैका लागि साझा चिन्ताको विषय हो’,उनले भने,‘कानून कार्यान्वयन नै कानुनी शासनको आधार हुने हुँदा कटपेष्ट, कपीपेष्ट को यान्त्रिकतामा सृजनशीलताको शून्यता हुन्छ।’

