
विराटनगर, २७ माघ। प्रहरीले पेस्तोल, भरुवा बन्दुक र हेण्डसेट (वाकिटकी) सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मोरङको सुन्दरहरैँचा नगरपालिका–२ बेलडाँगीका २८ वर्षीय सिलास लिम्बु र सुन्दरहरैँचा–३ का २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी हरिनन्दन चौधरीका अनुसार विशेष सुचनाका आधारमा पक्राउ परेका लिम्बुको घर खानतलासी गर्दा ‘मेड इन यूएसए’ लेखिएको पेस्तोल, भरुवा बन्दुक र दुई थान हेण्डसेट बरामद भएको हो।
पक्राउ परेका लिम्बुले उक्त हतियार गुरुङबाट लिएको प्रराम्भिक बयान दिएपछि प्रहरीले गुरुङलाई पनि पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना मुद्दामा आवश्यक अनुसन्धान बढाइएको प्रहरीले जनाएको छ ।

