
भैरहवा, २९ माघ। स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा सिद्धार्थनगर नगरपालिकाको कार्यालय रुपन्देही जिल्लामा प्रथम भएको छ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनको ६८ दशमलव ४६ अंकका साथ सिद्धार्थनगर नगरपालिकाको कार्यालय प्रथम भएको हो। त्यस्तै तिलोत्तमा नगरपालिका ६६ दशमलव ५४ अंकका साथ दोस्रो र कञ्चन गाउँपालिका ६४ दशमलव ५५ अंक पाएर तेस्रो बनेको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सूचकहरुमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।
आगामी आवको बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।
यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षाको नतिजा, खोप लगाएका बालबालिकाको अनुपात समेत आयोगले मूल्यांकनको आधार मानेको छ।

