
काठमाडौं,७ फागुन । नेपाली कांग्रेसका सभापति गगन थापाले चैतको पहिलो हप्ता कांग्रेसको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
काठमाडौंमा बिहीबार पार्टीद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले टिम नेपाल बनाउने र त्यसले कांग्रेसको प्रतिज्ञा पत्रअनुसार प्रतिबद्धता पूरा गर्न सबै दललाई साथमा लिएर अगाडि बढ्ने बताए ।
Advertisement

Advertisement
Advertisement

उनले सांसदको संख्या घटाउने प्रतिबद्धता व्यक्त गरे। संघ सरकारमा १६, प्रदेशमा ६ वटा मन्त्रालयको सीमा तोक्ने उल्लेख गर्दै उनले अब सरकार नियुक्तिमा दल नभई अब्बल व्यक्ति खोजिने बताए। प्रधानमन्त्री र मुख्यमन्त्री २ पटकभन्दा बढी बन्न नपाउने व्यवस्था गर्ने उनले जनाए ।
उनले अब नियुक्ति पाएपछि शपथ लिनुपूर्व र पद छोडेपछि सम्पत्ति विवरण अनिवार्य सार्वजनिक गर्नुपर्ने व्यवस्था अनिवार्य गर्ने धारणा राखे। उनले भ्रष्टाचार अन्त्य गर्न र सरकारलाई जवाफदेही बनाउन आयोग बनाएर २०४८ सालेदेखि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने बताए।

