


धकधई, १२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर १ बाट जसपा नेपालका उम्मेदवार मोहम्मद असलम खाँले घरदैलो अभियानलाई तीव्रता दिएका छन् ।
रुपन्देही–१ अन्तर्गतका विभिन्न गाउँ तथा टोलहरुमा पुगेर उम्मेदवार खाँले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना प्रतिबद्धता सार्वजनिक गरिरहेका छन्। घरदैलो कार्यक्रमका क्रममा उनले शिक्षा, स्वास्थ्य, रोजगारी सृजना, कृषि आधुनिकीकरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने बताएका छन्।

उनका अनुसार स्थानीय समस्या पहिचान गरेर समाधानमुखी योजना अघि बढाउने मुख्य लक्ष्य रहेको छ। ‘जनताको चाहना र आवश्यकता बुझेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु,’ उनले घरदैलोका क्रममा भने।
घरदैलो कार्यक्रममा पार्टीका स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

