
भैरहवा, १३ फागुन । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको रुपन्देहीका सीमानाकाहरु बन्द हुने भएको छ ।
बुधवार जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका रुपन्देहीका सीमानाकाहरु ७२ घण्टाका लागि बन्द रहने जनाएको छ । सूचना अनुसार, फागुन १८ (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीवार) राती १२ बजेसम्म सीमानाकाहरु बन्द रहनेछ ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उक्त अवधीभर सीमाबाट पैदलयात्री, माल तथा यात्रुवाहक सावरी साधनहरु आवतजावतमा रोक लगाइने प्रशासनले जनाएको छ। निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रुपमा सुरक्षाकर्मी परिचालन गरिने बताइएको छ।
साथै फागुन २० गते (बुधवार) राती १२ बजेदेखि फागुन २१ (बिहीवार) मतदान कार्य सम्पन्न नभएसम्म एम्बुलेन्स, दुग्धका ट्यांकर, दकमल, दुरसंचार सेवा, शव बहान, अस्पताल सेवा तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा निषेध गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जनाएका छन् ।
हेर्नुहोस् सूचना:


