
भैरहवा, १९ फागुन। रुपन्देही प्रहरीले भन्सार छलेर भित्राइएको विभिन्न सामग्री बरामद गरेको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय रुपन्देही मातहतको टोलीले पछिल्लो दुई दिनमा ८ लाख ४० हजार बढी मूल्य बराबर विभिन्न सामग्री बरामद गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्ण कुमार चन्दका अनुसार, विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याइएको कपडा, रेडबुल, चकलेट बरामद भएको हो ।
तस्करीमा प्रयोग गरिएका दुई वटा मोटरसाइकल, कपडासहित पक्राउ गरेका व्यक्ति र बरामद सामग्री आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

