Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    २०८३ कार्तिक ३, सोमबार १७:५२ गते

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३९ गते0
    अर्थ

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १९:३८ गते0
    विशेष

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १८:३१ गते0
    फोकस लुम्बिनी

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङको नियुक्ति विवादमा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ३, सोमबार १७:५२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » अमेरिका-इरान युद्ध: ट्रम्पको असफलताका यस्ता छन् ७ कारण
    अन्तर्राष्ट्रिय

    अमेरिका-इरान युद्ध: ट्रम्पको असफलताका यस्ता छन् ७ कारण

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ फाल्गुन २९, शुक्रबार १३:४१ गते
    advertisement
    advertisement
    advertisement

    अमेरिका,२९ फागुन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले इरानसँगको युद्धका कारण कठिन परिस्थितिमा पुगेका छन्। उनी अहिले स्पष्ट रुपमा विजय घोषणा गर्न सक्ने अवस्थामा देखिँदैनन्। युद्ध विस्तार हुँदै जाँदा नियन्त्रण कमजोर हुँदै गएको जस्तो देखिन्छ र युद्धबाट बाहिरिने निर्णय लिइयो भने आर्थिक तथा रणनीतिक परिणाम अझ गम्भीर हुन सक्ने संकेतहरु पनि देखिएका छन्। यसले युद्धको अवस्था झन् जटिल बन्दै गएको संकेतहरु देखिन थालेको छ।

    १. होर्मुज जलडमरु मार्ग बन्द

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    इरानले विश्वको करिब पाँचौं भाग तेल ओसारपसार हुने महत्वपूर्ण मार्ग होर्मुज बन्द गरेपछि युद्धको दायरा विस्तार भएको छ। अमेरिकासँग ठूलो सैन्य शक्ति भए पनि केवल सैन्य बल प्रयोग गरेर सबै समस्या समाधान गर्न नसकिने देखिएको छ। यो मार्ग बन्द हुँदा अमेरिकी नौसेनालाई यसलाई पुनः खोल्न अत्यन्त जोखिमपूर्ण र कठिन सैन्य चुनौती सामना गर्नुपर्ने भएको छ ।

    २. युद्धका आर्थिक असर

    होर्मुज मार्ग बन्द भएपछि विश्व बजारमा तेलको मूल्य बढेको छ। खाडी क्षेत्रमा ट्यांकरहरुमा आक्रमण र बीमा लागत बढेकाले अन्तर्राष्ट्रिय व्यापारमा असर परेको छ।

    ३. अमेरिकाभित्रै सुरक्षा जोखिम

    युद्धका कारण अमेरिकाभित्र पनि तनाव बढेको देखिएको छ। भर्जिनिया र मिशिगनमा भएका हिंसात्मक घटनाले मध्यपूर्वको युद्धको असर घरेलु सुरक्षामा पनि पर्न सक्ने संकेत दिएको छ।

    ४.इरानको नेतृत्व परिवर्तन

    युद्धको सुरुवाती आक्रमणमा पूर्व सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी मारिएपछि उनका छोरा मोज्ताब खामेनी नयाँ सर्वोच्च नेता बने। यसले शासन परिवर्तनको लक्ष्य पूरा भयो भन्ने अमेरिकी दाबी कमजोर बनाएको छ। साथै, सर्वोच्च नेता मोज्ताब खामेनीले अडियो सन्देश जारी गर्दै नागरिकको हत्याको बदला लिइने घोषणा गरेका छन् ।

    ५. इजरायलसँग रणनीतिक मतभेद सम्भावना

    अमेरिकाले युद्ध अन्त्य गर्न चाहे पनि बेन्जामिन नेतान्याहु नेतृत्वको इजरायलले युद्ध जारी राख्न सक्ने सम्भावना रहेको विश्लेषकहरु बताउँछन् । यसले अमेरिकाको युद्ध रणनीति जटिल बनाउन सक्छ ।

    ६. इरानको परमाणु कार्यक्रम छैन अझै समाप्त

    अमेरिकाले इरानको परमाणु कार्यक्रम ध्वस्त पारेको दाबी गरे पनि इरानसँग अझै करिब २०० किलो उच्च समृद्ध युरेनियम रहेको अनुमान गरिएको छ। यदि त्यो भण्डार सुरक्षित रह्यो भने इरानले भविष्यमा पुनः परमाणु कार्यक्रम सुरु गर्न सक्ने सम्भावना रहन्छ ।

    ७. इरानभित्र जनविद्रोह नदेखिनु

    ट्रम्पले इरानी जनतालाई सरकारविरुद्ध उठ्न आह्वान गरे पनि हालसम्म ठूलो जनविद्रोह देखिएको छैन। धेरै विश्लेषकका अनुसार युद्धपछि इरान सरकारले अझ कडा दमन गर्न सक्ने सम्भावना छ ।

    अमेरिका–इजरायलको संयुक्त हवाई आक्रमणले इरानको सैन्य क्षमतामा केही क्षति पुर्‍याएको हुन सक्छ। तर युद्ध अझै स्पष्ट रुपमा जितिएको छैन । युद्धको अन्त्य प्रायः स्पष्ट विजय वा हारमा हुँदैन। त्यसैले ट्रम्प प्रशासन अहिले सैन्य शक्ति, राजनीतिक दबाब र आर्थिक असरबीचको जटिल अवस्थाको सामना गरिरहेको देखिन्छ। –अन्तर्राष्ट्रिय संचारमाध्यमको सहयोगमा ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    अमेरिका इरान डोनाल्ड ट्रम्प
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    आनी छोइङको नियुक्ति खारेज गर्न जेनजीको माग, नभए कात्तिक ९ देखि आन्दोलनको चेतावनी

    २०८३ कार्तिक ३, सोमबार १९:३९ गते

    बाढीले बगाएको आरुघाट पुल ६ दिनमै बन्यो, सवारी आवागमन सुरु

    २०८३ कार्तिक ३, सोमबार १९:३८ गते

    चाडपर्वमा यस्तो छ रुपन्देही प्रहरीको १५ बुँदे ‘सेक्युरिटी एडभाइजरी’

    २०८३ कार्तिक ३, सोमबार १८:३१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.