


कपिलवस्तु,२९ फागुन। कपिलवस्तुमा एक महिलामाथी बोक्सीको आरोपमा दुर्व्यवहार गरेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार, जिल्लाको वाणगंगा नगरपालिका–३ को ६८ वर्षीया महिलामाथि सोही स्थानको दुई जना महिलाले आगोको अगुल्टो प्रहार गरी दुर्व्यवहार गरेको आरोप छ।

आरोपी दुई जना महिलालाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
कमेन्ट गर्नुस्

