
महोत्तरी, १ चैत । प्रहरीले एक क्विन्टल नौ किलो लागुऔषध गाँजा बरामद गरेको छ ।
प्रहरीका अनुसार, महोत्तरीको रामगोपालपुर नगरपालिका–८ स्थित सहसौला चोक नजिकबाट २० वटा पोकामा भारततर्फ लैजाँदै गरको अवस्थामा गाँजा बरामद भएको हो ।
Advertisement

Advertisement
Advertisement

बरामद गाँजाका साथ ओसारपसारमा प्रयोग भएको डिएल १ सीओ ५८६९ नम्बरको भारतीय नम्बर कार नियन्त्रणमा लिइएको हो जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी हेरम्ब शर्माले जनाए ।
उनका अनुसार, कार चालक फरार रहेकोले खोजी भइरहेको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

