


काठमाडौं,१ चैत। नेपालको स्थानीय बजारमा आईतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला चार हजार आठ सय रुपैयाँले घटेर तीन लाख नौ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।शुक्रवार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रुपैयाँमा कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला दुई सय २५ रुपैयाँले घटेर पाँच हजार दुई सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

