Close Menu
    What's Hot

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    २०८३ कार्तिक १३, बिहीबार १३:२७ गते

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    मेन स्टोरी

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:३८ गते0
    प्रमुख समाचार

    हवाई फायर गरेर खैरो हेरोइन सहित २ जनालाई समातियो

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:२७ गते0
    विशेष

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १३:१३ गते0
    विशेष

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    क्लिक लुम्बिनी२०८३ कार्तिक १३, बिहीबार १२:५१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » सिटिजन्स बैंकमा करिब पाँच करोड घोटाला
    अर्थ

    सिटिजन्स बैंकमा करिब पाँच करोड घोटाला

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ चैत्र ३, मंगलवार १३:१५ गते
    advertisement
    advertisement
    advertisement

    विराटनगर,३ चैत। सिटिजन्स बैंक इन्टरनेशनलमा करिब पाँच करोड रुपैयाँ हिनामिना भएको भन्दै प्रहरी कार्यालयमा जाहेरी परेको छ।

    बैंकको आन्तरिक छानबिनका क्रममा विराटनगरस्थित कञ्चनबारी शाखामा नक्कली ऋणी खडा गरेर चार करोड ९१ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएपछि बैंक प्रशासनले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएको हो ।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    रकम हिनामिनामा बैंकका कर्मचारीहरुकै प्रत्यक्ष संलग्नता देखिएको छ । बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार, नियमित रुपमा गरिने आकस्मिक लेखापरीक्षणका क्रममा ऋण लगानीमा शंकास्पद विवरणहरु भेटिएका थिए ।

    केही कर्मचारीको मिलेमतोमा नक्कली ऋणीका नाममा ऋण प्रवाह गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। ‘नक्कली ऋणी खडा गरेको देखिएपछि हामीले सूक्ष्म अध्ययन गर्‍यौं,’ उनले भने, ‘अनुसन्धानका क्रममा अधिकारको दुरुपयोग गरी बैंकलाई नोक्सानी पुर्‍याएको देखिएपछि हामीले प्रहरीमा जाहेरी दिएका छौं।’

    बैंक प्रशासनले उक्त शाखाको सञ्चालन विभाग प्रमुख (अपरेशन हेड) रोजी कँडेललाई मुख्य योजनाकारका रुपमा औंल्याएको छ। कँडेलले अन्य ४–५ जना कर्मचारीको ‘युजर आइडी’ समेत दुरुपयोग गरेर ऋण स्वीकृत गराएको बैंकको दाबी छ।

    घोटाला सार्वजनिक हुनुपूर्व नै बैंकले आन्तरिक रुपमा क्षतिपूर्तिको प्रयास गरेको बुझिएको छ। बैंकले रोजी कँडेलको परिवारबाट ७ करोड रुपैयाँ बराबरको जग्गा धितो राखेर मात्र फागुन २८ गते प्रहरीमा जाहेरी दिएको थियो। अर्कोतर्फ, मुख्य आरोपित भनिएकी रोजी कँडेलले भने आफूलाई मात्र निशाना बनाइएको र अन्य दोषीलाई जोगाउन बैंकले फसाउन खोजेको दाबी गरेकी छन्। उनले पनि जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदन दिएकी छन् ।

    जिल्ला प्रहरी कार्यालय मोरङका एसपी कवित कटवालले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए। प्राविधिक र प्रशासनिक विषयमा स्पष्टताका लागि बैंकलाई पत्राचार गरिएको र अनुसन्धान पश्चात को को संग्लन रहेको विषय खुल्ने बताए ।

    सिटिजन्स बैंकको कञ्चनबारी शाखबाट करिब पाँच वर्षअघि पनि ऋण अपचलन भएको थियो। त्यसबेला तत्कालीन शाखा प्रमुख रुपेश राजवंशी कारबाहीमा परेका थिए। उनले पुरानो घटनाको विषयमा जानकारी नभएको बताए ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    जिल्ला प्रहरी कार्यालय मोरङ सिटिजन्स बैंक
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    भैरहवा बसपार्कबाट आइफोनसहित तस्करीका सामग्री बरामद

    २०८३ कार्तिक १३, बिहीबार १३:३८ गते

    रुपन्देही प्रशासनको आग्रह: ‘अर्नब’ चक्रवातको प्रभाव, उच्च सतर्कता अपनाउनू

    २०८३ कार्तिक १३, बिहीबार १३:१३ गते

    सीमाबाट तस्करी: भैरहवाबाट साढे ५ लाख मूल्यको लत्ताकपडा बरामद

    २०८३ कार्तिक १३, बिहीबार १२:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.