
भैरहवा, ९ चैत। नेपाल प्रहरीले ६ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त टोलीले रुपन्देही अदालतबाट सजाए पाएका विभिन्न स्थानका ६ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ४ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सजाए पाएका रुपन्देहीको सियारी गाउँपालिका-४ का सेठी पत्थरकट्टा भन्ने विनोद पत्थकट्टा, ३ महिना १२ दिन कैद सजाए पाएका शुद्धोधन गाउँपालिका-५ का सुरज थारु, अभद्र व्यवहार मुद्दामा शुद्धोधन गाउँपालिका-६ गुरौलीका लक्ष्मण केवट, सोही मुद्दामा सोही स्थानका अर्जुन लोध रहेका छन् ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै बैंकिङ कसुर मुद्दामा २ वर्ष कैद सजाए पाएका लुम्बिनी सांस्कृतिक नगरपालिका-१ का मदनमोहन चौधरी र सोही मुद्दामा सोही स्थानका २ वर्ष कैद सजाए पाएका अमरिका चौधरी पनि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी कृष्णकुमार चन्दका अनुसार, पक्राउ परेका फरार प्रतिवादीहरुलाई सजाए भुक्तानका लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको छ ।
फरार प्रतिवादी पक्राउ गर्ने अभियानलाई निरन्तरता दिइने र कानुन कार्यान्वयनलाई थप प्रभावकारी बनाइने प्रहरीले जनाएको छ।

