
काठमाडौं,१५ चैत। गृहमन्त्री सुधन गुरुङले निवासबाट बरामद भएको रकमसम्बन्धी अनुसन्धानका लागि दीपक खड्कालाई पक्राउ गरिएको जानकारी दिएका छन्।
गृहमन्त्री गुरुङले सामाजिक सञ्जाल फेसकुबमार्फत पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं नेपाली कांग्रेसका नेता खड्का पक्राउको कारण सार्वजनिक गरेका हुन्।
Advertisement

Advertisement
Advertisement

‘पूर्वऊर्जामन्त्री दीपक खड्कालाई गत २४ भदौको आन्दोलनका क्रममा निजको निवासबाट बरामद भएको रकमको अनुसन्धानका सिलसिलामा आज नियन्त्रणमा लिइएको छ’,उनले लेखेका छन् ।
जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीहरुले तोडफोड तथा आगजनी गरेका थिए। आगलागीपछि मुद्रा जलेको भिडियोहरु सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।


