


काठमाडौं,१६ चैत। गृहमन्त्री सुधन गुरुङले सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन्।
निर्देशनालय तथा विभिन्न विभागहरुको अवलोकनपछि उनले उच्च प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै सर्वसाधारणसँगको व्यवहार र बोलीचाली सुधार्न आवश्यक रहेको बताए। साथै, प्रहरीले समाजमा उदाहरणीय संस्था बन्नुपर्ने उनको धारणा थियो।

उनले भने,‘प्रहरीको सेवा सुधारदेखि अनुसन्धानका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने कार्य हाम्रो प्राथमिकता हो। तपाईँहरुले काम गरेर देखाउनुपर्छ।’
कमेन्ट गर्नुस्

