


काठमाडौं,१६चैत। श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफुलाई ज्यान मार्ने धम्की दिएको भन्दै साइबर ब्यूरोमा उजुरी दिएका छन् ।
प्रतिनिधिसभा सदस्य समेत रहेका साम्पाङले सुनिता खड्का नामक रास्वपाको समर्थकले आफूलाई धम्की दिएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

‘मलाई रास्वपाका समर्थक सुनिता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनलाई तुरुन्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु,’ उनले दिएको उजुरीमा उल्लेख छ ।


