


उदयपुर,१७ चैत। ग्राहकको खाताबाट पैसा हिनामिना गरेको आरोपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एक जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंकको गाईघाट शाखामा कार्यरत उदयपुरको त्रियुगा नगरपालिका-५ की सुनिता बानियाँलाई प्रहरीले पक्राउ गरेको हो ।

बैंकको उजुरी पश्चात कर्मचारी बानियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी एवं डीएसपी केदारमान दोङले बताए।
उनका अनुसार, कर्मचारीले ग्राहकको पैसा हिनामिना गरेको आरोपपछि उनलाई नियन्त्रणमा लिएर बैंकिङ कसुर तथा ठगी मुद्दामा अनुसन्धान भइरहेको थालिएको छ। बैंकले आन्तरिक छानबिनमा रकम हिनामिना भएको पाएपछि प्रहरीमा उजुरी दिएको हो ।

