


काठमाडौं,२० चैत। अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासले घुससहित सशस्त्र प्रहरीका एक जना इन्सपेक्टरलाई पक्राउ गरेको छ ।
धनुषाको लालगढबाट इन्सपेक्टर ओकिल अधिकारी ४० हजार घुस रकमसहित लाई पक्राउ गरिएको अख्तियारको क्षेत्रीय कार्यालय बर्दिबासका सूचना अधिकारी उपसचिव प्रकाश पोखरेलले जानकारी दिए ।

कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा प्रयोग हुने सवारी साधनहरु रोक्ने, अनावश्यक अवरोध सिर्जना गर्ने र घुस माग्ने गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

