


भैरहवा, २१ चैत। प्रहरीले नापी कार्यालय भैरहवाबाट बिचौलिया कार्य गरिरहेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–३ का ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका–३ का ३० वर्षीय सुरेन्द्र मल्लाहलाई रहेको प्रहरीले जनाएको छ ।

कार्यालयमा आउने सेवाग्राहीहरुसँग बढी शुल्क लिएर छिटो काम गराइदिने भन्दै बिचौलिया कार्य गरिरहेका आरोपमा उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्ण कुमार चन्दले जनाए ।
यसअघि प्रहरीले बिहीबार बुटवलस्थित यातायात व्यवस्था कार्यालयबाट दुईजना बिचौलियालाई पक्राउ गरेको थियो ।

