
काठमाडौं,२२ चैत।। सरकारले १८५ मिलियन डलर ऋण स्विकार गर्ने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई परियोजनाका लागि सहुलियतपूर्ण ऋण सहयोग स्वीकार गर्ने निर्णय गरेको हो ।
Advertisement

Advertisement
Advertisement

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार, अर्थ मन्त्रालयको प्रस्तावमा सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट ४० मिलियन डलर र विश्व बैंकबाट ५० मिलियन डलर ऋण लिने निर्णय गरेको छ ।
त्यस्तै, दीगो र समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन डलरको सहुलियतपूर्ण ऋण सुविधा समेत स्वीकार गर्ने सरकारको निर्णय छ । हालको विनिमयदर अनुसार १८५ मिलियन डलर कुल रकम २८ अर्ब नेपाली रुपैयाँ बराबर हुन्छ।

