
भैरहवा, २३ चैत । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ४४ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।
प्रहरीले अपरेशन ‘साइलेंट स्ट्रिट्स’ अन्तरगत स्वरुप परिवर्तनसमेत गरी प्रयोग गरिएको मोटरसाइकलहरु नियन्त्रणमा लिएको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी कृष्णकुमार चन्दका अनुसार, मोटरसाइकल चालकहरुले सडकमा ठूलो आवाज निकाली स्टन्ट र स्पारकिङ गरी ट्राफिक नियम उल्लंन गर्दै ध्वनी प्रदुषण गरेको आरोपमा ४४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।
उक्त सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

