


काठमाडौं,२४ चैत। सरकारले पेट्रोलियम पदार्थ आयातमा लगाउँदै आएको भन्सार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।
सामान्य प्रशासन मन्त्री प्रतिभा रावलका अनुसार, मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पेट्रोल, डिजेल र मट्टीतेलको पैठारीमा लाग्दै आएको भन्सार महशुलमा ५० प्रतिशत छुट दिने निर्णय भएको हो।

इन्धनको बचत गर्न सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्ने विषयमा पनि छलफल भएको उनले बताईन्।
कमेन्ट गर्नुस्

