


काठमाडौं,२४ चैत। सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डितलाई नियुक्त गरको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नरको रिक्त दुईमध्ये एक पदमा अर्थ मन्त्रालयको प्रस्ताव अनुसार पण्डितलाई नियुक्त गरेको संघीय मामिला तथा प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिईन्।

डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्रको अवकाशपछि डेपुटी गभर्नर रिक्त थियो । डेपुटी गभर्नर राष्ट्र बैंकको सञ्चालक समितिका सदस्यसमेत हुने प्रावधान छ।
कमेन्ट गर्नुस्

