


बुटव,२५ चै। चितवनबाट रुपन्देहीको बुटवलमा विक्रीका लागि राखिएको तरकारीमा अत्याधिक विषादी भेटिएको छ ।
बुटवल कृषि उपज थोक बजार केन्द्रमा राखिएको हरियो तरकारी तथा फलफूलको नमुना संकलन गरेर परीक्षण गर्दा बोडीमा अत्याधिक विषादी भेटिएको हो ।

अत्याधिक विषादीका कारण उपभोग गर्न नमिल्ने एक क्विन्टल बीस किलो बोडी बुटवल उपमहानगरपालिकासँग समन्वयमा नष्ट गरिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाई बुटवलका नायब प्राबिधिक सहायक राजिब भण्डारीले जानकारी दिए।
बोडीमा अर्गानोक फस्टफोरेष्ट समुहको विषादी ९७.०६७ प्रतिशत भेटिएको उनले बताए । बुटवलको प्रत्येक दिन थोक बजारमा ल्याईने तरकारी तथा फलफूलको नमुना संकलन गरी विषादी अवशेष परिक्षण गर्ने गरिएको छ।
उनका अनुसार, शून्यदेखि ३५ प्रतिशतसम्मको विषादी अवशेष उपभोग योग्य मानिन्छ भने ३५ देखि ४५ प्रतिशतसम्मको विषादी अवशेष क्वारेन्टाइनमा राखेर पुनः परीक्षण गर्नुपर्ने हुन्छ । तर ४५ प्रतिशतभन्दा माथी देखिएका तरकारीलाई नष्ट गरिने गरिएको छ ।

