


भैरहवा, २९ चैत। लुम्बिनी मनि चेन्जर व्यवसायी संघ भैरहवा, रुपन्देहीको दशौं साधारण सभा तथा पाँचौं अधिवेशनले पंकज उदासको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा नवराज जोशी र वासुदेव खनाल, सचिवमा इरफान खान, सह–सचिवमा राजीव उदास र कोषाध्यक्षमा लोकनाथ ज्ञवाली निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा टीका देवी न्यौपाने, बसन्त पोखरेल, अवध किशोर अग्रवाल, अफताब अन्सारी, यदुनाथ लम्साल, अशोक क्षेत्री र आमना शाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यस्तै संघको सल्लाहकारमा विष्णु प्रसाद शर्मा, गोपाल भण्डारी र नरहरी घिमिरेलाई चयन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक जीवन प्रकाश पाण्डेयले मनि चेञ्जर व्यवसायीले प्रवाह गर्ने सेवा पनि पर्यटनमैत्री हुनुपर्नेमा जोड दिदैं विदेशी र भारतीय मुद्राको कारोबार गर्दा मनि चेन्जरहरुको दर धेरै अन्तर गर्न नहुने बताए ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका बरिष्ठ उपाध्यक्ष दिलीप कुमार कान्दु, चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन रुपन्देही) का अध्यक्ष सचिन रोक्का, लुम्बिनी मनि चेन्जर व्यवसायी संघका अध्यक्ष ऋषिराम पाण्डेय, निवर्तमान अध्यक्ष गोपाल भण्डारी लगायतले भनाई राखेका थिए ।

