


काठमाडौं,२९ चैत। गृहमन्त्री सुधन गुरुङले पिर्के सलामी नलिने निर्णय गरेका छन्। औपचारिक कार्यक्रममा उच्च ओहदाका व्यक्तिलाई पिर्कामा चढाएर सलामी दिने गरिए पनि गृहमन्त्री गुरुङले आफू पिर्कामा नजाने निर्णय गरेका हुन्।
आइतबार नवलपुरको सशस्त्र प्रहरी बलको कार्यालय पुगेका गृहमन्त्री गुरुङले पिर्के सलामी नलिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

उक्त समारोहमा नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिबी राना,एसपी युवराज खड्का, राष्ट्रिय अनुसन्धान विभाग कार्यालयका प्रमुख अभिनय कुमार सिंहलगायत सहभागी थिए।

