
उदयपुर,२९ चैत । उदयपुर प्रहरीले भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा वेलका नगरपालिका–६ वाबुङलाका ४६ वर्षीय मान बहादुर राई र ४५ वर्षीय राम बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
Advertisement

Advertisement
Advertisement

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्ष अनुसार, इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको टोलीले वाबुङलाको सामुदायिक वनबाट २ थान भरुवा बन्दुकसहित उनीहरुलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

