
भैरहवा,३ बैशाख। भारतबाट अवैध रुपमा भन्सार छलेर भित्राइएको विभिन्न सामग्री रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको विभिन्न स्थानहरुमा चेकजाँचको क्रममा अवैध रुपमा भित्राइएको ३ लाख ३२ हजार बढीमूल्य बराबरको विभिन्न सामग्री नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी कृष्णकुमार चन्दले जनाए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार, लुम्बिनी सांस्कृतिक नगरपालिका–११ बिचुवापुरबाट एक लाख ८० हजार बढी मूल्य बराबरको तीन वटा मोटरसाइकलसहित खाद्यन्न सामग्री बरामद गरिएको छ ।
त्यस्तै, सिद्धार्थनगर–१ बेलहिया बसपार्कबाट ५१ हजार बढी मूल्य बराबरको लेडिज टप ३२ थान र सूट १६ थान बरामद भएको छ । यस्तै तिलोत्तमा–११ मंगलापुरबाट एक लाख बढी मूल्य बराबरका लेडिज सूट ४६ थान र सूती साडी ५ थान बरामद गरिएको छ।
बरामद सामग्री आवश्यक कार्यवाहीका लागि भैरहवा भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।

