
भैरहवा,३ बैशाख। रुपन्देही जिल्लामा गएको चैत महिनामा मात्रै २० जनाले आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको चैत महिनाको विवरण अनुसार, १८ वर्षमुनी देखि ४५-६० उमेरसमूहका २० जना व्यक्तिले आत्महत्या गरेका हुन् ।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार, १८ जनाले झुण्डी र २ जनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् । जसमध्ये १४ जना पुरुष र ६ जना महिला रहेका छन् ।
आत्महत्या गर्नेमा १८ वर्षमुनिको एक जना, १९ देखि २५ वर्ष उमेरसमूहका ५ जना, २६ देखि ३५ वर्ष उमेरसमूहका ५ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ६ जना र ४६ देखि ६० वर्ष उमेरसमूहका ३ जना रहेको सार्वजनिक तथ्यांकमा उल्लेख छ ।

