
भैरहवा,४ बैशाख । रुपन्देही प्रहरीले विभिन्न आपराधिक मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ९६ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
अदालतबाट विभिन्न समयमा कैद तथा जरिवानाको सजायको फैसला सुनाइए पनि फरार रहेका उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार, चैत महिनामा मात्रै पक्राउ परेका ९६ जनालाई सजाय भुक्तानका लागि अदालतमा पेश गरिएको थियो।
त्यसपछि कैद सजाय पाएका व्यक्तिहरुलाई कारागार चलान गरिएको थियो भने जरिवाना सजाय पाएका व्यक्तिहरुले जरिवाना बुझाएर रिहा भएका छन्। जरिवाना तिर्न नसक्नेहरुलाई भने कारागार पठाइएको थियो ।
प्रहरीले सार्वजनिक गरेको चैत महिनाको तथ्यांकअनुसार पक्राउ परेकाबाट ४२ लाख ४२ हजार १९१ रुपैयाँ जरिवाना असुल र उनीहरुबाट २८ वर्ष ७ महिना ५ दिन बराबरको कैद सजाय भुक्तानका लागि अदालत हुँदै कारागार चलान गरिएको थियो।

