
काठमाडौं,६ बैशाख। प्रहरीले खोला किनारबाट चार थान पेस्तोल र ५८ राउण्ड गोली बरामद गरेको छ ।
आइतबार विशेष सूचनाको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१५ शोभाभगवतीस्थित विष्णुमती खोला किनार क्षेत्रमा खोजतलास गर्ने क्रममा पेस्तोल र गोली बरामद गरेको हो।
Advertisement

Advertisement
Advertisement

प्रहरीका अनुसार टाइप ५४ पेस्तोल चार थान, सोही पेस्तोलका म्याग्जिन सात थान र ९ एमएम बेरेटाका ५८ राउण्ड गोली बरामद भएको छ। घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुस्

